रामएकवाल राम

दोहा। कतार स्थित नेपाली राजदुतावासले १८ औ गणतन्त्र दिवस मनाएको छ।बिहिवार दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरि १८ औ गणतन्त्र दिवस मनाएको हो।

दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रमेशचन्द्र पौडेलले तन्त्र र व्यवस्था फेरिए पनि अवस्था फेर्नको लागी सम्पूर्ण नेपाली जनताहरूले नेपालको नेतृत्व गर्ने नेताहरूलाई भोट मात्र होइन सतर्कता र सावधानी अपनाउनका लागि चेतनशील भएर व्यवहारमा समेत परिवर्तन गर्नु पर्ने आवस्यकता रहेको बताए।

उनले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई गणतन्त्रको सन्देश भावनात्मक रूपमा अनुभूत होस् भन्ने आशा व्यक्त गर्दै, दूतावासले नेपाली श्रमिकहरूप्रति गरिने व्यवहारमा सम्मान र संवेदनशीलता अपनाउनुपर्ने कुरामा पनि जोड दिए।

कार्यक्रमको बीचमा नेपालमा भएको  एनआरएनएको एकता महाअधिवेशन सर्वोच्च अदालतले गरेको फैसला र परराष्ट्र मन्त्रालयले दूतावास कतारलाई पठाएको पत्र कार्यान्वयन बिषयले केहि बेर कार्यक्रममा अवरोध सृजना भएको थियो।

कार्यक्रममा श्रमिक समुदायका प्रतिनिधिहरू, वैचारिक  तथा समाजिक संस्थाका व्यक्तित्वहरूको उपस्थितिमा एक आपसमा शुभकामना आदानप्रदान गरी गणतन्त्र दिवस मानवको दूतावासका सूचना अधिकारी तथा प्रथम सचिव कृषि क्षेत्रीले जानकारी दिए।

a9299251-a463-417a-a691-13ca5dda0e3d