Showing 651-660 of 1,176 items.
  • एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय, नेपाल पनि प्रभावित

    काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ ।इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी (एक्टिङ्ग सीईओ) बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ ।३२० जना भन्दा बढी कर्मचारी भएको यो संस्थाले योग्य कर्मचारीहरूलाई स्वैच्छिक अवकाश र स्थगित राजीनामाको वि

    पुरै पढ्नुहोस्
  • भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन

    जनकपुरधाम । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।विरोध स्वरुप उनीहरुले बुधबार बेलुका जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुत्लासमेत जलाएका छन् ।उनीहरुले हिन्दूहरुलाई एकजुट हुन आग्रह गरेका छन् । कश्मीरम

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।कोशी प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थितिमा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजकत्वको आन्दोलन परिचालन तथा समन्वय समितिको बैठकले आगामी बैशाख २० गते सुनसरीको धरानमा कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।समितिको बैठकले उक्त गोष्ठीलाई प्रभावकारी बना

    पुरै पढ्नुहोस्
  • आतंककारी हमलामा मारिएका सुदीपको शव नेपाल ल्याइयो

    काठमाडौं । भारतको जम्मु–कस्मिरको पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ। बुटवल उपमहानगरपालिका– ११ का २७ वर्षीय सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ जनामध्ये एक हुन्। बिहीबार बिहान भारतीय पक्षले सुदीपको शव उनको परिवारलाई बुझाएको हो । आमा, बहिनी र ज्वाइँसँगै केही खुसीका पल सँगाल्ने सोचले सुदीप गत शनिबार भारतको जम्मु–कस्मिरतर्फ हिँडेका थिए । हिउँसँग खेल्ने, रमाइलो गर्ने कल्पनाको यात्रामा उनी दिल्ली हुँदै कस्मिरको पहलगाम पुगेका थिए । हिउँ खेल्ने ठाउँमा एक्कासि

    पुरै पढ्नुहोस्
  • आज १९औँ लोकतन्त्र दिवस

    काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ।त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको त

    पुरै पढ्नुहोस्
  • सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

    अजय मिश्रकृष्णनगर, बैशाख १० - सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ  बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्र

    पुरै पढ्नुहोस्
  • सिरहाको बरियापट्टीमा दलित समुदायमा ४८ वटा कलधारा निर्माण

    सिरहा- दलित समुदायको ६० घरपरिवार बसोबास गर्दै आएको सिराहाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीमा ४८ वटा कलधारा निर्माण भएको छ। हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा चार सय बढी जनसङ्ख्या बसोबास गर्छन्। गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि कलधारा निर्माण भएको हो। कल धारा निर्माण भएसँगै कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ। ‘कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो’, स्थानीय अधनियादेवी सदायले भनिन्, ‘अहिले कलधारा निर्माण भएपछि पा

    पुरै पढ्नुहोस्
  • जम्मु-कश्मिर आतंकवादी हमला परिवार लिएर घुम्न गएका थिए बुटवलका न्यौपाने

    बुटवल : भारतको जम्मु-कश्मिर आतंकवादी हमलामा मारिएका नेपाली युवाको पुष्टि भएको छ। जम्मू -कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो। बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।उक्त आतंकवादी हमलामा एकजना नेप

    पुरै पढ्नुहोस्
  • बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए विनय

    काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको छ।नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए।विनयका हजुरबुबा हवा सिंह नरवालले पत्रकारहरूलाई भने, “उनी विवाह पछि स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा पाएनन्, त्यसैले उनी कश्मीर गए।हरियाणाको कर्नाल जिल्लाका नरवालले दुई वर्षअघि मात्र नौसेनामा काम गर्न थालेका थिए।नरवालको परिवारका अनुसार उनी यी दिनहरूमा कोच्चिमा पोस्टेड थिए। बी.

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्री ओलीद्वारा पनि आतङ्कवादी हमलाको निन्दा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् ।सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री ओलीले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित