काठमाडौं :नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी र नाउपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । 

चौधरी पक्राउ परेपछि बुधबार हुने भनिएको जनमत पार्टी र नाउपाबीचको पार्टी एकता घोषणा पनि स्थगित भएको छ ।  एकता कार्यक्रम विथोलिएपछि दुवै दलका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका हुन् ।

उनीहरूले 'नागरिक जनमत पार्टी जिन्दावाद,' 'रेशम चौधरीलाई रिहा गर' भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रमस्थलबाट नै चौधरी पक्राउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ ।