जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमिसम्बन्धी विद्येयकविरुद्धको आन्दोलन निश्कर्षमा नपुर्यारसम्म आन्दोलन जारी रहेने बताएका छन् । 

सुकुमबासी व्यवस्थापनको नाममा भुमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमिकरण बनाउने खोजेको आरोप लगाए । चुरे विनाशका कारण मधेशमा भूमिगत पनिको सतह समाप्त हुँदै गएको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘भुमि विधेयकले थप चुरे विनाश बढाउँछन् र मेधश  मरुभूमिमा परिणत हुने निश्चित छ ।’

शनिबार जनकपुरधाममा मधेशी स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको विकासको लागि सरकार सुल्टोबाटो हिड्नु पर्नेमा झन उल्टो बाटोमा हिड्न लागेको बताए । 

बिचौलिया र भूमि माफियाको इसारा भूमि विधेयक ल्याएको हो,’ अध्यक्ष यादवले भने, ‘यसले मधेशलाई मरुभूमिकरण मात्र नभई औपनिवेशीकिरणमा समेत परिणत गराउने छ, त्यसकारण सरकारको यो कदमविरुद्ध जसपा नेपालले सुरु गरेको आन्दोलनलाई निश्ष्कर्षसम्म पुर्याएरै छोड्छ ।’

प्रजातन्त्रको ३५ वर्षे अवधिमा मुलुकअघि बढनु पर्नेमा कांग्रेस र एमालेका कारण मुलुकलाई झन अधोगति भोग्नु परीरहेको उल्लेख गर्दे उनले भने, ‘यो अवधिमा मुलुकको उद्योगधन्दा समाप्त भएको छ । शिक्षाको गुणस्तर खस्किएको छ, मुलुक ऋणमा डुबेको छ । त्यतिमात्र होइन मुलुक अहिले ग्रे लिष्टमै परीसकेको छ ।’ मुलुकमा गरिबी भ्रष्टाचार र बेथिति अन्तिम विन्दुमा पुगेको भन्दै अध्यक्ष यादवले त्यो हटाउनका लागि पनि आफूहरु आन्दोलनमा होमिएको दावि गरे । 

कार्यक्रममा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले मधेशको भावनाविपरित ल्याइएको अपूर्ण संविधानलाई पूर्णता दिन जसपा नेपालको संघर्ष जारी रहेने चेतावनी दिए । 

वर्तमान सरकार संविधानको मर्मविरुद्ध भूमि विधेयक ल्याएको उनले दावी समेत गरे । यो विधेयकले मधेशमा मधेशीलाई अल्पमत पार्ने महेन्द्र पथलाई निरन्तरता दिएको हुँदा त्यसविरुद्ध संघर्ष आवश्यक रहेको उनको भनाइ थियो ।