काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा सुरु भएको प्रेस मन्त्र मधेशका अध्यक्ष अभरेन्द्र यादाले जानकारी गराए।
आजको बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन पनि प्रस्तुत गर्नेछन।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति, सरकारले ल्याएको अध्यादेश, विधेयकको चर्चा र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने बताएको छ।




















