काठमाडौँ ।डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशन सुरु भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा डा. भट्टराईले बिरुवामा पानी हालेर महाधिवेशनको औपचारिक सुरुवात गरेका हुन्।

मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको बताउँदै आएको पार्टीको महाधिवेशनमा विभिन्न नयाँ दलका नेताहरूसमेत सहभागी छन्।

माघ २९ गतेसम्म चल्ने महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ।