काठमाडौँ - नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको राजनीतिबाट रविको पतन निश्चित रहेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चित रहेको बताएका हुन्।
रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे।
दिल्लीमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार दिल्लीमा आम आदमीको किल्ला भत्किने देखिएको छ। भाजपाले आपलाई कडा चुनौती दिएको छ।




















