बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
मनोरञ्जन

भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २१, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
Rampam
3D Education Lahan

वीरगञ्ज । भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बोर्डर–गावस्कर ट्रफीको पाँचौँ तथा अन्तिम टेस्टमा भारतलाई ६ विकेटले पराजित गरेपछि अस्ट्रेलिया फाइनलमा पुगेको हो ।सिड्नीमा खेलिएको अन्तिम टेस्ट म्याच तीन दिन मात्रै चलेको थियो र यो जितसँगै घरेलु टोली अस्ट्रेलियाले भारतलाई ३–१ ले पराजित गरेको छ ।

तेस्रो दिन ब्याटिङमा आएको भारतीय टोली एक घण्टा पनि खेल्न नसकेपछि बिहान ६ :१५ बजेअघि अलआउट भएको थियो ।अन्तिम टेस्टमा दुवै टोली पहिलो इनिङ्सका आधारमा लगभग बराबरीमा थिए ।

टस जितेर ब्याटिङ रोजेको भारतीय टोली पहिलो इनिङ्समा १८५ रनमा अलआउट भएको थियो भने अस्ट्रेलियाले पहिलो इनिङ्समा १० विकेट गुमाएर १८१ रन बनाएको थियो ।यस आधारमा भारतले चार रनको सानो अग्रता पायो ।

भारतको दोस्रो इनिङ्स १५७ रनमा मात्र सीमित भयो र यसपछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।भारतले पाँच खेलको सिरिजको पहिलो टेस्ट २९५ रनले जितेको थियो । यस्तै तेस्रो टेस्ट ड्र भयो र बाँकी तीन खेल अस्ट्रेलियाले जित्यो ।

सिड्नीमा भएको जितसँगै अस्ट्रेलियाली टोलीले १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी जितेको छ ।अब साबिक विजेता अस्ट्रेलियाले आगामी जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध उपाधि भिडन्त गर्नेछ । यो खेल इंग्ल्यान्डको लन्डनस्थित लर्ड्स मैदानमा हुनेछ ।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]