बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारको बलदिया ३८ नम्बर क्याम्पबाट बाढीपीडितका लागि ४ लाख ६२ हजार ६५७ सहयोग

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ २८, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारको बलदिया ३८ नम्बर क्याम्पबाट बाढीपीडितका लागि ४ लाख ६२ हजार ६५७ सहयोग
Rampam
3D Education Lahan

आशिक हुसैन शेख /  रामएकवाल राम
दोहा, कतार । रोजगारीका सिलसिलामा कतारमा रहेका नेपाली तथा विभिन्न देशका नागरिकहरूले नेपालमा आएको प्राकृतिक विपत्तिमा परेका बाढीपीडित परिवारका लागि उल्लेखनीय मानवीय सहयोग गरेका छन्।
नेपालमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कतारको बालदिया ३८ नम्बर क्याम्पमा रहेका नेपालीसहित भारतीय, बंगलादेशी र श्रीलंकाली समुदायका व्यक्तिहरूले संयुक्त रूपमा सहयोग रकम संकलन गरेका हुन्।
अभियानबाट संकलित ४ लाख ६२ हजार ६५७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको जनाइएको छ।

IMG-20260913-WA0006
विदेशमा रोजगारी गरेर जीवनयापन गरिरहेका उनीहरूका लागि आफ्नो कमाइ केवल व्यक्तिगत आवश्यकता पूरा गर्ने माध्यम मात्र होइन, संकटको समयमा आफ्नो मातृभूमि र पीडित नेपालीका लागि सहयोग गर्ने माध्यमसमेत बनेको छ।
कतारमा दैनिक लामो समय काम गरेर परिवारको जीविकोपार्जनका लागि कमाइरहेका श्रमिकहरूले नेपालमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको खबर पाएपछि मानवीय भावनाका साथ सहयोग अभियान सञ्चालन गरेका थिए। आफूहरू विदेशमा भए पनि नेपालमा रहेका पीडित दाजुभाइ तथा दिदीबहिनीको पीडालाई आफ्नै पीडाका रूपमा लिएर सहयोगमा हातेमालो गरेका हुन।

IMG-20260913-WA0007
वैदेशिक रोजगारीको क्रममा आफ्नो घरपरिवार, आफन्त र गाउँसमाजबाट टाढा रहेका नेपालीहरूले विपद्का बेला देखाएको सहयोगले प्रवासी नेपालीको मातृभूमिप्रतिको सम्बन्धलाई थप प्रस्ट पारेको छ।
कतारमा पसिना बगाएर कमाएको रकममध्ये केही हिस्सा बाढीपीडितको राहतका लागि छुट्याउँदै उनीहरूले ‘देश टाढा भए पनि मन मातृभूमिसँगै हुन्छ’ भन्ने भावनालाई व्यवहारमा उतारेका छन्। 
यस अभियानमा नेपालीसँगै भारतीय, बंगलादेशी र श्रीलंकाली नागरिकहरूको समेत सहभागिता रहेको छ। विभिन्न देश, भाषा र समुदायका व्यक्तिहरू एउटै मानवीय उद्देश्यका लागि एक ठाउँमा उभिनुले विपद्को समयमा मानवताको कुनै सीमा नहुने सन्देश दिएको छ।
 रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा बाढीका कारण परिवारहरू प्रभावित भएपछि उनीहरूको राहतमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान अघि बढाइएको हो।
 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]