दोहा, कतार : नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ कतार आईपुगेका छन। प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न नेता नेम्वाङ बुधवार साँझ कतार आइपुगेका हुन।
आगामी शुक्रवार दोहामा आयोजना हुने मञ्चको आठौं राष्ट्रिय अधिवेशनका प्रमुख अतिथिका रूपमा सहभागी हुन आएका नेम्वाङलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा मञ्च कतारका अध्यक्ष चूडामणि कार्की, एमाले अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेललगायत मञ्चका केन्द्रीय समितिका विभिन्न तहका पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
नेम्वाङको प्रमुख आतिथ्यमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी कार्यदिशा तय गर्नेछ। कतार बसाइका क्रममा नेम्वाङले नेपाली समुदाय, सामाजिक संस्थाका प्रतिनिधि, व्यवसायी तथा श्रमिकसँग भेटघाट र अन्तरक्रिया गर्ने अपेक्षा गरिएको छ ।




















