उमेश कुमार साह

सप्तरी – बोदे बर्साईन नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । बोदे बर्साईन नगरपालिका उपप्रमुख रेणु  कुमारी साहको संयोजकत्वमा १५सदस्यीय नगर स्तरीय शिक्षा समूह गठन गरेको हो ।

समूहको सदस्यमा बोदे बर्साईन नगरपालिकाका नि:प्रमुख प्रशासकिय अधिकृत दिनेश ठाकुर , स्वास्थ्य शाखा प्रमुख प्रतिनिधि सदस्य बैजनाथ साह , व्यवस्थापन समिति प्रतिनिधि सदस्य रामसुदिष्ट पन्डित, प्रतिनिधि सदस्य सचिवमा शिक्षा शाखा प्रमुख राम सागर यादव रहेका छन् ।

त्यसैगरि संस्थागत तथा निजि सामुदायिक बिधालय  प्रतिनिधित्व गर्दै सदस्यमा हेम किशोर यादव  ,मनु दास , बिनोद कुमार चौधरी ,रेड्क्रस सोसाइटी प्रतिनिधि सदस्य महन्थी ठाकुर ,अन्तरसरकारी निकाय प्रतिनिधि सदस्य ओम कान्त पन्डित , अपाङ्ग महासंघ प्रतिनिधि सदस्य सुबोध झा , पत्रकार / सन्चारकर्मी प्रतिनिधि सदस्य उमेश कुमार साह , चलाउने रहेका छन् । बिपद् व्यवस्थापन प्रतिनिधि सदस्य संजिब कुमार ,निजी क्षेत्र, अपांगता, महिला बालबालिका, निजी तथा सार्वजनिक तालिम प्रदायक प्रतिनिधि सदस्य रिया राय , संजीव कुमार गुप्ता रहेका छन।

यस समूहले विपद जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बोदे बर्साईन नगरपालिका शिक्षा शाखा प्रमुख राम सागर यादवले बताए ।उनले विद्यालय सुरक्षा कार्यान्वयन,विद्यालयको क्षमता विकास, शिक्षा प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापन, लगायत जोखिम न्यूनीकरण क्षमता विकास शिक्षा सम्बन्धी कार्यहरू गर्ने उद्देश्यले शिक्षा समूह गठन गरिएको जानकारी दिए ।

युनिसेफ नेपाल र पिपल प्रमोत सेन्टर ( PPC )को आर्थिक सहयोगमा र बोदे बर्साईन नगरपालिकाको आयोजनामा भएको कार्यक्रम यस्तै कार्याक्रममा बोदे बर्साईन नगरपालिका का नगर उप-प्रमुख रेणु कुमारी साहले स्थानीय तह शिक्षा समूह गठनका लागि गठन मात्रै नहोस भन्दै विद्यालय तहमा गएर राम्रो काम गर्न आग्रह छन् ।उनले शुभकामना दिदै बोदे बर्साईन नगरपालिकाले शिक्षा क्षेत्रमा थुप्रै लगानी समेत गरेको बताए ।

कार्यक्रम युनिसेफ नेपाल र पिपल प्रमोत सेन्टर ( PPC )को आर्थिक सहयोगमा भएको कार्यक्रमको आयोजना बोदे बर्साईन नगरपालिकाको सभा हलमा सम्पन्न भएको थियो।