रामएकवाल राम
दोहा , कतार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज कतार आउने भएका छन। कतारका ‘फादर अमिर’ शेख हमाद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारको तर्फबाट शोक व्यक्त गर्न कतारको औपचारिक भ्रमणमा आउन लागेका उपराष्ट्रपति कार्यालयले जनाएका छन।
उपराष्ट्रपति यादव साउन ३० देखि साउन ३२ गतेसम्म कतारको भ्रमणमा रहनेछन्।भ्रमणका क्रममा उपराष्ट्रपति यादवले साउन ३१ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई भेट्ने कार्यक्रम रहेको छ। सो अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शोक सन्देशको पत्र कतारी अमिरलाई हस्तान्तरण गर्नेछन।
उच्चपदस्थ सरकारी अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार आउन लागेका उपराष्ट्रपति यादव भ्रमण सम्पन्न गरी साउन ३२ गते काठमाडौँ फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।



















