कतारका पुर्व राजाको निधन
दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ।
अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएका नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ। पुर्वराजाको मृत्युमा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीले देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ ।
शेख खलिफा बिन हमद अल थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हालेका थिए। उनको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्