रामएकवाल राम
दोहा, ( कतार) । सप्तरी सेवा समाज कतारको नियमित मासिक बैठक सप्पन्न गरेको छ ।
शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष अनवारुल हकको सभापतित्व तथा सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा नियमित नवौ मासिक बैठक सप्पन्न भएको छ।
बैठकमा सप्तरीको सुरुंगा नगरपालिका–४, कदमाहाका करिब ४२ वर्षीय मृगेन्द्रकुमार मण्डल ६ महिनादेखि साउदी अरबमा अलपत्रमा परेका उनका परिवारलाई तत्काल नेपाली रु ७००० सहयोग गर्ने अध्यक्ष अनवारुल हकले जानकारी दिनु भयो।
बैठकमा संस्थालाई कतार स्थित नेपाली राजदूतावसमा सुचिकृत गराउने र अगामी सेप्टेम्बरमा प्रशिक्षण कार्यक्रम पनि राख्ने सहमति भएको जनाउनु भयो।



















