बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

ठोस सहमति बिनै टुङ्गियो कतारमा अमेरिका–इरान वार्ता

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १८, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
ठोस सहमति बिनै टुङ्गियो कतारमा अमेरिका–इरान वार्ता
Rampam
3D Education Lahan

दोहा । अमेरिका र इरानबिच कतारको दोहामा दुई दिनसम्म चलेको अप्रत्यक्ष वार्ता बुधबार सम्पन्न भएको छ । वार्तामा दीर्घकालीन शान्ति वा इरानको आणविक कार्यक्रमबारे कुनै ठोस प्रगति नभए पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन पुनः सञ्चालन गर्ने तथा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।

वार्तासँग परिचित स्रोतहरूका अनुसार यी दुवै विषय दुई साताअघि भएको अन्तरिम सम्झौता अन्तर्गतका प्रमुख मुद्दा हुन् । वार्तामा युद्धविरामसम्बन्धी समझदारी कार्यान्वयनमा सकारात्मक प्रगति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अर्को चरणको वार्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि पछि हुनेछ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आणविक कार्यक्रम सीमित गर्ने विषयमा पनि प्रगति भइरहेको दाबी गरेका छन् । उनले पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक निःशस्त्रीकरणको प्रक्रिया राम्रोसँग अघि बढिरहेको बताए । तर वार्तामा सहभागी स्रोतहरूले यसपटकको छलफलमा आणविक कार्यक्रमको विषय उठान नै नभएको बताएका छन् । उनीहरूका अनुसार बैठक प्राविधिक प्रकृतिको थियो । 

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक कार्यक्रमबारे छलफल आगामी चरणमा हुने बताएका छन् । यस वार्तामा अमेरिकी र इरानी प्रतिनिधिमण्डलले कतार तथा पाकिस्तानका मध्यस्थकर्तामार्फत छुट्टाछुट्टै बैठक गरेका थिए । अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर भने वार्तामा सहभागी नभएको बताइएको छ ।

स्ट्रेट अफ होर्मुजमा छलफल केन्द्रित

स्ट्रेट अफ होर्मुजबाट विश्वमा खपत हुने करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने गरेको छ । इरान युद्ध सुरु भएयता स्ट्रेट अफ होर्मुज संवेदनशील अवस्थामा छ ।  अन्तरिम सम्झौताले जहाज आवागमन पुनः सञ्चालन गर्ने व्यवस्था गरे पनि पछिल्लो समय भएको आक्रमण र तनावका कारण अवस्था अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन । इरानले आगामी अगस्टको मध्यदेखि आफ्नो नियन्त्रणमा रहेको मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना दोहोर्‍याएको छ । अन्तरिम सम्झौताअनुसार प्रारम्भिक केही समय शुल्क नलिने व्यवस्था गरिएको थियो । 

ट्रम्पले भने इरानसँग पुनः पूर्ण युद्ध हुने सम्भावना कम हुँदै गएको सङ्केत दिएका छन् । उनको भनाइपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार महिनायताकै न्यून स्तरमा झरेको छ । विश्लेषकहरूले पनि तेलको मूल्यसम्बन्धी आफ्नो पूर्वानुमान घटाएका छन् । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]