काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालन हुने
काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने जनाएको छ।
एयरलाइन्सका अनुसार सम्बन्धित उडानमा ‘प्वाइन्ट टु प्वाइन्ट’ यात्रुहरूलाई मात्रै अनुमति दिइनेछ।
काठमाडौंका एयरपोर्ट सर्भिस म्यानेजर नारायण पक्वानले जारी गरेको सूचनामा उडान नम्बर एफजेड ५७३ (४ मार्च) दुबईबाट २३:३० मा काठमाडौं अवतरण गर्ने छ। एफजेड ५७४ (५ मार्च) काठमाडौंबाट राति १२:३० मा दुबईका लागि प्रस्थान गर्ने उल्लेख छ।
एयरलाइन्सले थप अपडेट उपलब्ध भएमा जानकारी गराइने जनाएको छ। यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्