शियाराम यादव ,फाल्गुन-२०

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाले सिरहा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार अशेश्वर यादव सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित भ्रामक र कपोकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला कार्यसमितिद्वारा जारी प्रेस विज्ञप्तिमा उम्मेदवार यादवको उम्मेदवारी कायमै रहेको स्पष्ट पारिएको छ। साथै अन्य कुनै पनि राजनीतिक दलसँग कुनै प्रकारको मिलोमतो नरहेको उल्लेख गर्दै यस्ता भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आम मतदाता तथा सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।

पार्टीले मौन अवधिमा फैलाइएका भ्रामक प्रचारको पछि नलाग्न नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई अपिल गर्दै फागुन २१ गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेको छ।

जिल्ला कार्यसमिति सिरहाका सचिव विन्दु कुमार मण्डल द्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षलाई जिम्मेवार बन्न समेत अनुरोध गरिएको छ।