शियाराम यादव ,फल्गुण-१८

सिरहा–१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सत्य नारायण यादवले रङ्गहरूको पर्व होलीको अवसरमा सम्पूर्ण सिरहावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले होलीले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। विविधताले भरिएको मधेसको समाजलाई अझ नजिक ल्याउने पर्वका रूपमा होलीको विशेष महत्व रहेको उनको भनाइ छ।

यादवले चाडपर्व केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक सम्बन्धलाई सुदृढ बनाउने अवसर भएको उल्लेख गरेका छन्। उनले आपसी सम्मान, सहिष्णुता र मेलमिलापको भावनालाई आत्मसात् गर्दै शान्तिपूर्ण रूपमा होली मनाउन सबैलाई आग्रह गरेका छन्।

यसै सन्दर्भमा उनले “धेरैले अवसर पाए, अब एक मौका हामीलाई पनि दिनुहोस्,” भन्दै जनताको विश्वास, साथ र मत नै परिवर्तनको आधार हुने विश्वास व्यक्त गरेका छन्।

उनले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्दै, होली र निर्वाचन दुवै जनताको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताएका छन्। चाडपर्व र लोकतान्त्रिक अभ्यासले समाजमा आशा, विश्वास र सकारात्मक सन्देश फैलाओस् भन्ने अपेक्षा समेत उनले व्यक्त गरेका छन्।