बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मतदातालाई उपेन्द्र यादवको अपिल- भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मतदातालाई उपेन्द्र यादवको अपिल- भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्
Rampam
3D Education Lahan

सप्तरी १८, फाल्गुन। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्। 

सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, 'निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन्। योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ। तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ।'

अपील गर्दै अध्यक्ष यादवले भनेका छन्,- 'क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस्। आफ्नो त्याग, आफ्नो इतिहास र आफ्नो स्वाभिमान सम्झनुहोस्। अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस्। सचेत मत, बलियो मधेस, सुरक्षित भविष्य, यही हाम्रो साझा संकल्प हो।' 

अध्यक्ष यादवले मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान होइन, बलिदानको उपलब्धि भएको स्मरण गराएका छन्। 'यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडकमा र संसद्‌मा लडेर हासिल गरेको हो', उनले भने, 'मधेसको दुःखसुखमा, आँसु र संघर्षमा निरन्तर साथ दिएको एउटै शक्ति एउटै हो, जसपा नेपाल।' 

संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै उनले भनेका छन्, 'आजको मतदान केवल प्रतिनिधि चयन होइन, यो मधेसको भविष्यको दिशानिर्देश हो। यदि हामी चुक्यौँ भने अधिकार संकुचित हुन्छ, यदि दृढ भयौँ भने इतिहास सुरक्षित रहन्छ।' 

मधेस कमजोर पार्ने षड्यन्त्र अन्ततः संघीयता कमजोर पार्ने योजना हो। मधेस झुक्यो भने अधिकार सुक्छ, मधेस उठ्यो भने लोकतन्त्र मजबुत हुन्छ, उनले भने।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]