सप्तरी । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा  प्रतिनिधि सभा सदस्य सप्तरी निर्वाचन -३ का उम्मेदवार उपेन्द्र यादवले नेपालीहरुको विशेष पर्व फागुपुर्णिामा होलीले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गरेका छन।
होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा बिदेशना रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सुख शान्ति समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन।

अध्यक्ष यादवद्वारा जारी सन्देशमा भनिएको छ होली केवल रङ खेल्ने पर्व मात्र होइन, यो आपसी प्रेम, सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश दिने हाम्रो समृद्ध सांस्कृतिक परम्परा पनि हो।
नेपाल अनेक भाषा, संस्कृति, धर्म र परम्पराले सजिएको सुन्दर फूलबारी हो। यही विविधता हाम्रो शक्ति हो, हाम्रो पहिचान हो। यस अवसरमा सबै समुदायबीच आपसी सम्मान, सहअस्तित्व र सहकार्यको भावना अझ बलियो बनोस भन्ने शुभकामना व्यक्त गर्द्छु।
सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणको यात्रामा हामी सबै एकजुट भएर अघि बढौं भन्ने भनाइ रहेको छ।