रामएकवाल राम
दोहा कतार। मध्यपुर्वको देशहरुमा हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीले दोहामा बसोबास गरिरहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
महासचिव विवेक पुलामी मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ यहाँको सरकारी निकायले जारी गर्ने सुरक्षा निर्देशनहरू साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र अनावश्यक यात्रा नगर्न अनुरोध पनि गरेको छ।
स्थानीय समाचार, आधिकारिक घोषणा र आपतकालीन सूचनाहरू निरन्तर हेर्न पनि आग्रह गरिएको छ।

FB_IMG_1772278512151