शियाराम यादव,फाल्गुन-१४

सिरहा–१ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सत्य नारायण यादवले आफू जनताकै बीच हुर्किएको छोराका रूपमा सेवा भावनासहित चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

चुनावी सन्देशमार्फत उम्मेदवार यादवले सिरहा क्षेत्रमा विद्यमान सामाजिक र आर्थिक चुनौतीहरूतर्फ ध्यानाकर्षण गराएका छन्। उनले रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य भएको, किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको तथा शिक्षा र स्वास्थ्य सेवा अझै सबैको पहुँचमा नपुगेको उल्लेख गरे।

यी समस्या आफूले पनि जनतासँगै भोग्दै आएको बताउँदै यादवले समाधानका लागि सशक्त रूपमा संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए। उनले विकास र न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै निरन्तर संघर्ष गर्ने अठोट व्यक्त गरे।

उम्मेदवार यादवले आफ्नो जित व्यक्तिगत उपलब्धि नभई जनताको भरोसा र साझा भविष्यको जित हुने स्पष्ट पारे। उनले सिरहा–१ को सम्मान, समृद्धि र उज्यालो भविष्यका लागि यसपटक छाता चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

उनका अनुसार जनताको साथ, विश्वास र सहभागिताले मात्रै वास्तविक परिवर्तन सम्भव हुने विश्वास उनले व्यक्त गरे।