रामएकवाल राम
दोहा, कतार । नेपाली जनसम्पर्क समिति कतारले अगामी शुक्रबार आन्तरिक भेटघाट तथा ईफ्तार कार्यक्रम गर्ने भएको छ। ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा इफ्तार कार्यक्रमको आयोजना गर्न लागेका हुन।
धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पवित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको समिती कतारका कार्यवाहक सभापति ठाकुर कुमार परियारले जानकारी गराए।
सभापति परियारका अनुसार आगामी २७ फेब्रुअरी २०२६ शुक्रबारको दिन  गोर्खाली रेस्टुरेन्टको सभाहलमा स्थानीय समय अनुसार बेलुकी  ४:००बजे  देखि कार्यक्रम सुरु हुने बताएको छ।