रामएकवाल राम
दोहा, कतार।  मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको हो।
शुक्रबार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद कलाम हुसेन खानको सभापतित्वमा तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा एव दोहामा स्थापित विभिन्न संस्था संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा मुस्लिम समुदायका ( रोजा) उपासना बस्ने वर्तालुहरुको बाक्लो उपस्थिति रहेको थियो। 

IMG-20260220-WA0288
कार्यक्रममा मौलाना मोहम्मद गुलाब नबमी रजवीले कुरान पाकको तिलावत वाचनबाट सुरुवात गरेको थियो भने नेपाली राष्ट्रिय गान पछि कार्यक्रमको औपचारिकता पाएको थियो।

IMG-20260220-WA0269
कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाहरुले रमजानको बारेमा प्रवचन दिएका थिए भने रोजेदार (बर्तालु) हरुलाई विभिन्न परिकार सहित इफ्तार (रोजा र बर्त खोल्न) लगाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पन्थीले यस्ता कार्यक्रमले नेपालका विभिन्न समुदायहरुको बीच रहेको  भाइचाराको सम्बन्धलाइ थप मजबुद बनाउन मदत पुग्ने बताउदै शुभकामना व्यक्त गर्नुभयो।

IMG-20260220-WA0252
संस्थाका वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्यद्वारा स्वागत गरेको  कार्यक्रमलाई समापन गर्दै सभापति खानले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा हामी सम्पुर्ण नेपाली समुदायको भाईचारा माया सद्भाव कायम रहोस भन्ने बताउदै कार्यक्रममा उपस्थित भएर गरिमा बढाईदिनुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै समाप्न गरेका थिए।संस्थाका कार्यवाहक महासचिव जीवन न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।

IMG-20260220-WA0266