शियाराम यादव ,माघ -२५

 कारागारभित्र हतियार कसरी, कहिले र कसको मिलेमतोमा प्रवेश गराइयो भन्ने विषयमा गम्भीर प्रश्न उठ्दै गएको छ। यस घटनामा कारागारका जेलर सुबोध महतोमाथि पनि छानबिन हुनुपर्ने माग तीव्र बन्दै गएको छ।

स्रोतका अनुसार हतियार कारागारभित्र प्रवेश हुनु सामान्य लापरबाही नभई योजनाबद्ध हुनसक्ने आशंका गरिएको छ। त्यसैले घटनाका बेला ड्युटीमा रहेका कर्मचारी, सुरक्षा जाँच प्रक्रिया, तथा सीसीटीभी फुटेज समेत गहिरो अनुसन्धानको दायरामा ल्याइनुपर्ने सरोकारवालाहरूको माग छ।

यदि छानबिनका क्रममा कोही पनि दोषी देखिएमा सम्बन्धित व्यक्ति वा कर्मचारीलाई निलम्बनसहित कडा कानुनी कारबाही गर्नु अपरिहार्य रहेको बताइएको छ। कारागार जस्तो संवेदनशील स्थानमा यस प्रकारको घटना हुनु सुरक्षा प्रणालीमाथि नै प्रश्न उठाउने विषय भएकाले निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको जनाइएको छ।

यस विषयमा सम्बन्धित निकायले अझै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर आम नागरिक तथा मानवअधिकारकर्मीहरूले घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।