रामएकवाल राम
दोहा , कतार - गण्डकी प्रदेश समन्वय परिषद कतारले वार्षिक सधारण सभा एव वनभोज कार्यक्रम गर्ने भएको छ।
कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा परिषद कतारले अगामी फेब्रुअरी १० तारिख वक्राको समुन्द्री तटमा वार्षिक सधारण सभा तथा वनभोज कार्यक्रमको तयारी भईरहेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए।
हाम्रो अभिभारा, समृद्धि गण्डकी प्रदेश भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको परिषद कतारले आयोजना गर्न लागेको सधारण सभा एव वनभोज कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघ संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुलाई आग्रह गरेको छ।




















