रामएकवाल राम
दोहा, कतार । पाँचथर सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि २२ औ स्थापना दिवस मनाउने भएको छ।
विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन् २००४ मा स्थापना भएको समाजले प्लाजामल स्थित वेलफेएर रेष्टुरेन्टको सभाहलमा अगामी १३ फेब्रुअरी शुक्रबारका दिन बिहान १० बजे देखी स्थापना दिवस तथा शुभकामना अदान प्रदान कार्यक्रम गर्न लागेको हो।
दोहामा स्थापित विभिन्न संघ संस्था, मातृसंस्थाहरु एवं बैचारिक संस्था, विशिस्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्णलाई कार्यक्रममा उपस्थितिको लागि संस्थाका महासचिव सुजन गुरुङले अनुरोध गरेका छ्न।




















