बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सप्तरी प्रहरीले घुस लिँदै गरेको दृश्य कैद गर्न खोज्दा पत्रकार सौरव यादव नियन्त्रणमा

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सप्तरी प्रहरीले घुस लिँदै गरेको दृश्य कैद गर्न खोज्दा पत्रकार सौरव यादव नियन्त्रणमा
Rampam
3D Education Lahan

राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयअन्तर्गत रहेको प्रहरी बिटमा कार्यरत प्रहरी कर्मचारीले महिला व्यापारीसँग रकम लिएको दृश्य सार्वजनिक भएपछि नेपाल प्रहरीको आचरण, अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ ।
आइतबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित प्रहरी बिटमा कार्यरत नेपाल प्रहरीका हबल्दार डी. यादवले महिला व्यापारीसँग पैसा लिँदै गरेको दृश्य फोटो तथा भिडियोमा कैद गर्न खोज्दा नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवलाई नियन्त्रणमा लिएका थिए । सार्वजनिक स्थानमा भइरहेको गतिविधि अभिलेख गर्न खोज्दा पत्रकारलाई नै नियन्त्रणमा लिनुले घटनालाई ढाकछोप गर्ने प्रयास भएको आशंका गरिएको छ ।
स्थानीयका अनुसार उक्त प्रहरी बिटमा यस्ता गतिविधि नयाँ नभए पनि यसअघि बाहिर आउन सकेका थिएनन् । पत्रकारलाई करिब १५ मिनेट नियन्त्रणमा राखेर छाडिए पनि घटनाले प्रहरीभित्रको आन्तरिक निगरानी प्रणाली र भ्रष्टाचार नियन्त्रण संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले सार्वजनिक स्थानमा हुने गतिविधिको रिपोर्टिङ गर्नु पत्रकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पत्रकारमाथि गरिएको हस्तक्षेप अस्वीकार्य रहेको बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कडा कारबाही नगरे प्रेस स्वतन्त्रतामाथि खतरनाक नजिर बस्ने चेतावनी दिए ।
भन्सार नाकासँग जोडिएका यस्ता घटनाले व्यापारीमाथि अनावश्यक दबाब बढ्ने र प्रहरी–नागरिक सम्बन्धमा गहिरो अविश्वास सिर्जना हुने भन्दै स्थानीय नागरिक समाज तथा सरोकारवालाले छानबिनको माग गरेका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]