रामएकवाल राम
दोहा,कतार-  कतारलाई कर्म थलो बनाउँदै आएका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्यापटर तथा थारु कल्याणकारिणी सभा कतार च्यापटरको संरकक्षत्वमा स्थापित थारु बचत कोषको संयुक्त आयोजनामा  थारु मित्र मिलन तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

IMG-20260201-WA0060
शुक्रबार अल वक्रा स्थित समुन्द्री किनारमा समाजका सभापती भगवती प्रसाद चौधरीको सभापतित्व तथा संस्थाका संरक्षक सियाराम चौधरीको प्रमुख आतिथ्यता र समाजका सल्लाहकारहरु, कार्यसमिति तथा पदाधिकारी, सदस्यहरु सहित थारु समुदायको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा आठो अधिवेशनमा रिक्त रहेक पद प्रथम उप सभापतिमा  घनश्याम चौधरीलाई सर्वसम्मत रुपमा मनोनयन गरि प्रमाणपत्र प्रदान गरेको थियो।नेपाली परिकारहरूको मीठो व्यञ्जन सगैं कतारमा रहेका एक दर्जन भन्दा बढी स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिमा उपस्थित छमछमी नाचेका थिए।

IMG-20260201-WA0062
औपचारिक रुपमा सुरु भएको कार्यक्रममा संस्थाका महामन्त्री जितेन्द्र चौधरीले कार्यक्रम संचालन गरेका थिए।समाजका बरिस्ठ उप सभापति रमानन्द चौधरीले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने स्थानीय कलाकारहरुले उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरेका थिए।

IMG-20260201-WA0073
कार्यक्रममा बोल्दै प्रमुख अतिथि  सियाराम चौधरीले २६४९औ थारु संवतले हामी सबैको जीवनमा स्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस् भन्ने कामना व्यक्त गरेI चौधरीले थारु मित्र मिलन तथा आन्तरिक वनभोज कार्यक्रम केवल खानपिनको मात्र नभई, आपसी सम्बन्ध मजबुत बनाउने, खुसी साटासाट गर्ने माध्यम समेत रहेको बताए ।

IMG-20260201-WA0056
सभापति भगवती प्रसाद चौधरीले विदेशी भूमिमा रहेर पनि आज हामी सबै थारुहरू एउटै परिवार जस्तै भेला भएर खुसी साट्न पाउनु आफैँमा गर्वको विषय रहेको बताए। कतारमा रहेका सम्पूर्ण थारुहरूको आत्मीयता,र भाइचारालाई थप बलियो बनाउने अवसर पनि हो उनले भने। आगामी दिनहरूमा पनि हामी सबै सुख–दुःखमा एक अर्काको साथ दिँदै सकारात्मक सोच र आगामी दिनमा एकताको भावनासहित अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमलाई सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सबैलाई एकमुष्टरुपमा धन्यवाद व्यक्त गरेका थिए साथै कार्यक्रमका संयोजक श्रीमान श्रीमती किरण चौधरी गुन्जा चौधरीले सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका थिए।