शियाराम यादव,माघ-१६
जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. १ को पार्टी कार्यालय तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
सिरहास्थित हुलाकदेखि पूर्वतर्फ लाइफ लाइन अस्पतालको छेउमा रहेको उक्त कार्यालयको उद्घाटन पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा गरिएको हो। कार्यालय उद्घाटनसँगै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्य रहेको जनाइएको छ।
कार्यक्रममा जसपा नेपालका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यालयमार्फत स्थानीय जनतासँग प्रत्यक्ष सम्पर्क, समस्या सुन्ने र पार्टी गतिविधि सञ्चालन गरिने बताइएको छ।
सम्पर्कका लागि:
९८४२८४२१८१, ९८५२८३०३३०, ९८१९९४८७१७, ९८१६७३३२१९, ९८०४७१०३७७, ९८५२८३००२१, ९८१२३३५५३७, ९८०७७५५०८०




















