जनकपुरधाम।मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो।
सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।
यस निर्णयको स्वागत विदेशमा रहेका नेपाली समुदायले पनि गरेका छन्। विशेष गरी कतार , दुबई , मलेसियामा रहेका मधेशवासी तथा दलित समुदायका अगुवाहरूले प्रदेश सरकारको निर्णयले सामाजिक समावेशिता र सम्मानको सन्देश दिएको प्रतिक्रिया दिएका छन।
प्रदेश सरकारले लिएको यो निर्णयले धार्मिक–सांस्कृतिक सहिष्णुता तथा समुदाय बीचको आपसी सम्मानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।





















