बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

बोदे बर्साईनमा रास्वपाको पार्टी कार्यालय उद्घाटन

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १४, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
बोदे बर्साईनमा रास्वपाको पार्टी कार्यालय उद्घाटन
Rampam
3D Education Lahan

उमेश साह

सप्तरी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोदे बर्साईनको पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। पार्टी संगठनलाई स्थानीय तहमा थप सुदृढ, व्यवस्थित तथा जनमुखी बनाउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो।

उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरीका संगठन प्रमुख शिव कुमार यादवको प्रमुख अतिथि तथा पार्टीका नेता तथा सप्तरी क्षेत्र नम्बर ४ का उम्मेदवार सिताराम साहको विशेष उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजक पक्षले जनाएको छ।

बोदे बर्साईन नगरपालिका -५ स्थित शत्रुधन चौक नजिकै मंगलबार दिनको २:०० बजे सम्पन्न कार्यक्रममा पार्टीका क्षेत्रीय ,स्थानीय, प्रदेश तथा केन्द्रस्तरीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले राजनीतिक शुद्धता, जवाफदेहिता र जनताको आवाजलाई केन्द्रमा राखेर रास्वपा अघि बढिरहेको बताएका थिए।

पार्टीका युवा नेता तथा सप्तरी क्षेत्र नम्बर ४ (खा) का संयोजक सुरेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा उध्घोसक पार्टीका नेता अनिरुद्द प्रसाद साहले गरेका थिए।पार्टीले उक्त कार्यालयमार्फत स्थानीय समस्या, विकासका आवश्यकता तथा जनसरोकारका विषयमा निरन्तर छलफल र पहल गर्दै संगठन विस्तारलाई थप तीव्र बनाउने जनाएको छ। उद्घाटन कार्यक्रम शान्त, अनुशासित र भव्य रूपमा सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]