बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रदीप यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १४, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रदीप यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
Rampam
3D Education Lahan

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूमाथि कारबाही गरेको छ।

पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै ८ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।

आगामी प्रतिनिधि सभा निर्वाचन- २०८२ मा पार्टीको नीति र निर्णयविपरित आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको तथा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो।

पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा पार्टी हित र विधानविपरित कार्य गरेकाले आजकै मितिदेखि लागू हुने गरी उनीहरूलाई निष्कासन गरिएको उल्लेख छ।

पार्टीबाट निष्कासनमा पर्नेहरूमा पर्साका नेता प्रदीप यादवसहित ८ जना रहेका छन्। कारबाहीमा पर्ने अन्य नेताहरूमा बाराका कमरुल्लाह अन्सारी, नवलकिशोर सिंह, चन्दनकुमार सिंह र आत्माराम साह छन्।

त्यस्तै, सर्लाहीका उदयकान्त मिश्र तथा महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ।

निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुको साटो बागी उम्मेदवारी दिएपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याइएको जसपा नेपालले जनाएको छ।

621581307_1589411808788266_5736186269276734168_n-(1)_NEVhtuxTzG

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]