सप्तरी । नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मूल एजेन्डासहित नेपाल जनता पार्टीको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र -४ मा प्रतिनिधि सभा सदस्य पदमा कौशल किशोर दासले उम्मेदवारी मनोनयन दर्ता गराएका छन।
मनोनयन दर्ता पछि उम्मेदवार दासले गाउँ–गाउँ, टोल–टोल पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्दै नेपाल जनता पार्टीको चुनाव चिन्ह कमलको फुल छापमा मतदान गर्न आग्रह गरेका हुन।
जनतासँगको भेटघाटमा देखिएको उत्साह, सहभागिता र समर्थनले उनीप्रतिको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ। स्थानीय बासिन्दाले परिवर्तनको अपेक्षा गर्दै नयाँ र प्रतिबद्ध नेतृत्वको रूपमा कौशल किशोर दासलाई अगाडि सारेका छन्।
उम्मेदवार दासले देशको मौलिक पहिचान, धर्म–संस्कृति र राष्ट्रिय एकतालाई मजबुत बनाउने लक्ष्यसहित हिन्दु राष्ट्र पुनःस्थापनालाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। साथै शिक्षा प्रणालीको सुधार, युवालाई स्वदेशमै रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा, नागरिक सुरक्षा, प्रभावकारी सुशासन, दिगो विकास तथा भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छ।
“जनताको विश्वास र समर्थन नै मेरो शक्ति हो,” भन्दै दासले राजनीति सेवा र समर्पणको माध्यम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। जनताको समस्या संसद्मा बुलन्द रूपमा उठाउने र सप्तरी -४ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने आफ्नो अठोट रहेको उनको भनाइ छ।




















