बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १२, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक
Rampam
3D Education Lahan

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग, प्रतिवद्धतासहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ । ‎घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ ।
उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपा नेपालको प्रमुख एजेन्डा रहेको छ । ‎पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाउँदै स्वशासन र संघमा साझेदारी प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ । साथै, मधेशी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम लगायत सीमान्तकृत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति गराउने प्रतिवद्धता जनाएको छ ।
‎घोषणापत्रमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण, दलित र महिलाका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्र, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, राष्ट्रिय सभामा जनसंख्याको अनुपातमा प्रतिनिधित्व, तथा स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गरिनुपर्ने प्रस्ताव समेटिएको छ ।
‎यसैगरी, शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको दायित्व बनाउँदै निःशुल्क तथा गुणस्तरीय सेवा, भ्रष्टाचारविरुद्ध कठोर कारबाही, सुशासन र पारदर्शिताको सुनिश्चितता, राजनीतिक नियुक्तिमा योग्यता प्रणाली लागू गर्ने नीति पनि घोषणापत्रमा उल्लेख छ ।
‎कृषि क्रान्ति, सहुलियत कृषि ऋण, सिंचाइ र बजार व्यवस्था, औद्योगिकीकरणमार्फत गरिबी र बेरोजगारी अन्त्य गर्ने लक्ष्यसहित राष्ट्रिय तथा वैदेशिक लगानी आकर्षण गर्ने नीति पनि जसपा नेपालले अघि सारेको छ । साथै, बहुभाषिक नीति, मातृभाषाको प्रयोग, युवा स्वरोजगार कार्यक्रम, बेरोजगारी भत्ता, प्रदेश प्रहरी र कर्मचारी व्यवस्था, तथा जनसंख्या र मानव विकास सूचकांकका आधारमा बजेट वितरण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेस गरिएको छ । ‎पार्टी नेतृत्वले घोषणापत्र जनताको अधिकार, पहिचान र समृद्धिका लागि मार्गचित्र भएको दाबी गर्दै जनतासँगसमर्थनको अपिल गरेको छ।FB_IMG_1769392745066

FB_IMG_1769392747537

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]