रामएकवाल राम
दोहा, कतार
।  तराई–मधेश क्षेत्र शिक्षामा पछाडि पर्नुमा राज्य र समाज दुवै दोषी रहेको नेता डा.राजिव झाले बताएका छन।
विहिबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको स्वागत , सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता झाले यस्तो बताएका हुन।
राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक नेपालका अध्यक्ष समेत रहेका डा. राजिव झाले बताउदै कुनै समय मधेसकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेस नै शिक्षाको मामिलामा पछाडी पर्नु दुःखद रहेको बताउनु भयो।
मधेश प्रदेशमा प्राय धेरै विद्यालयमा विद्यार्थीहरुले भुईमा बस्ने बाध्यता रहेका मधेसी एकता समाज अन्तर्राष्ट्रिय समितीका उपाध्यक्ष राजिव झाले बताए।कार्यक्रममा उपस्थित वक्ताहरूले मधेशको आर्थिक, सामाजिक तथा शैक्षिक विकाससँगै राजनीतिक स्थिरता आजको प्रमुख आवश्यकता रहेको भन्दै आपसी सहकार्य र एकताको आवश्यकता औँल्याएका थिए ।
गैरअवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीले मधेशको विद्यालयमा विद्यार्थीहरुले भुइँमा बसेर पढ्ने बाध्यता रहेका विद्यालयमा आवश्यक बेन्च डेस्क लगायतका सामाग्री सहयोग गर्ने बताउनु भयो । अध्यक्ष पन्थीले दोहामा स्थापित मधेस प्रदेशका जिल्ला संस्थाका अध्यक्षहरुले आ- आफ्नो जिल्लामा त्यसता विद्यालयहरु नाम सहित एनआरएनए कतार सङ्ग समन्वय गर्न आग्रह गर्दै त्यसता विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको भएपनि मधेसका प्राय विद्यालयमा विद्यार्थीहरु भुइँमै बसेर पढ्न बाध्य भएका वक्ताहरुले बताए।
विधिवत रुपमा सुरुवात गरेको कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई समाजका कार्यवाहक अध्यक्ष मोहम्मद अलि हुसेनको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी, नेपाली समाज कतारका अध्यक्ष मनिश यादव, मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेख , संस्थाका मिडलिस्ट कोअर्डिनेटर अभय कुमार ठाकुर लगायत दोहामा स्थिपित मधेशका विभिन्न संस्था संस्थाका अध्यक्ष प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो।
समाजका महासचिव चन्द्रबिर यादवले कार्यक्रम सन्चालन गतेका थिए।