रामएकवाल राम
दोहा , कतार । थारु कल्याणकारी सभा च्यापटर कतारको आठौ अधिवेशन तथा माघी पर्व सुरु भएको छ।
सनैया स्थिति वेलफेयर रेस्टुरेन्टको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाको आठौ अधिवेशन, थारु समुदायको नयाँ वर्ष थारु सम्वत २६४९ औ तथा माघी पर्व सुरु भएको हो।
थारु कल्याणकारी सभा च्यापटर कतारले आफ्नो स्थापना काल देखी नै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज,परम्परा जगेर्ना सम्बर्द्धन गर्दै विभिन्न सामाजिक तथा आर्थिक कार्यहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि बुद्धिजीवी , पत्रकार , कलाकार लगायत थारु समुदायहरुको भव्य उपस्थिति रहेको छ।




















