बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

बोदे बर्साईनमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान शुरु

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
बोदे बर्साईनमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान शुरु
Rampam
3D Education Lahan

उमेश कुमार साह

बोदे बर्साईन , सप्तरी  पुस २५ गते । सप्तरीको बोदे बर्साईन  नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै मधुमेह जाँच सम्बन्धि स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले पालिका भित्रका सबै वडाका नागरिकको घर आँगनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै सचेतनाको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेलेको नगरपालिकाका स्वास्थ्य संयोजक बैजनाथ साहले बताउनु भयो । 

संयोजक साहका अनुसार समयमै स्वास्थ्यसम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाइएको हो । उहाँले थप्नु भयो, “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौं ।”

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सो कार्यक्रम अन्तर्गत नगरपालिकाका सबै १० वटा वडामा अनमी, स्टाफ नर्स , अहेव र डाक्टर  गरी ४५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरूले मधुमेह रोग सम्बन्धि विभिन्न जाच गरि  सुत्केरी ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य शाखाका संयोजक बैजनाथ साहले कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिने छ र नागरिकको अवस्था पहिचान गरेर तथ्याङ्कमा आधारित सेवा प्रवाह गर्ने मुख्य लक्ष्य रहेको छ । 

उता, स्थानीयवासीहरूले पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताएका छन् । बोदे बर्साईन नगरपालिका १ का सस्तु यादवले घरघरमै आएर स्वास्थ्य परीक्षण तथा परामर्श दिने र तथ्याङ्क सङ्कलन गर्ने कार्यले धेरै बिरामीलाई लाभ मिलेको बताउनु भयो । 

नगरपालिकाले यो अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको संयोजक साहको भनाइ छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]