रामएकवाल राम
दोहा , कतार । थारु कल्याणकारी सभा च्यापटर कतारले आठौ अधिवेशन तथा माघी पर्व मनाउने भएको छ।
जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक , आर्थिक , समाजिक उत्थान हाम्रो समर्पण भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले शुक्रबार जनवरी ९ तारिख सनैया स्थिति वेलफेयर रेस्टुरेन्टको सभाहलमा संस्थाको आठौ अधिवेशन, थारुहरुको नयाँ वर्ष थारु सम्वत २६४९ औ तथा माघी पर्वको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष हरि महतोले जानकारी गराए।
थारु कल्याणकारी सभा च्यापटर कतारले आफ्नो स्थापना काल देखी नै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज,परम्परा जगेर्ना सम्बर्द्धन गर्दै विभिन्न सामाजिक तथा आर्थिक कार्यहरु गर्दै आइरहेको छ ।
कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका अध्यक्ष , प्रतिनिधि बुद्धिजीवी , पत्रकार , कलाकार लगायत सम्पुर्ण नेपालीहरुले उपस्थिति भई कार्यक्रम सफल पार्दिनको लागि थारु कल्याणकारी सभा च्यापटर कतारले हार्दिक अपिल गरेको छ ।




















