शियाराम यादव ,पुष -२४
मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विभिन्न सहिदहरूको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मन्त्री गुप्ताले लहान चोकमा रहेको सहिद रमेश महतोको प्रतिमामा माल्यार्पण तथा टीका लगाउँदै सहिदप्रति उच्च सम्मान व्यक्त गर्नुभयो।
त्यसैगरी, उहाँले मिर्जापुरस्थित सहिद प्रमोद सदाको प्रतिमामा पनि माल्यार्पण गर्नुभएको छ। कार्यक्रममा मन्त्री गुप्ताले सहिद प्रमोद सदाकी आमालाई दोसल्ला ओढाएर सम्मान गर्दै राज्य र समाज सधैं सहिद परिवारप्रति कृतज्ञ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री गुप्ताले सहिदहरूको त्याग र बलिदानकै कारण मधेसको पहिचान, अधिकार, समावेशी लोकतन्त्र र विकासको यात्राले गति लिएको उल्लेख गर्नुभयो। उहाँले सहिदका सपना साकार पार्न प्रदेश सरकार भौतिक पूर्वाधार विकास, सामाजिक न्याय र समान अवसरका क्षेत्रमा प्रतिबद्ध भएर अघि बढिरहेको




















