किरात याक्थुङ चुम्लुङ कतारले मनायो चासोक तङनाम
रामएकवाल राम
दोहा, कतार । किरात याक्थुङ चुम्लुङ कतारले लिम्बू समुदायहरुको महान् चाड चासोक तङ्नाम ५०८५ तथा राष्ट्रिय चाड उभौली यस वर्ष पनि कतारमा भव्य रूपमा मनाएका छन।
शुक्रबार अबुहामुर स्थित आइडल इन्डियन स्कुलको प्राङ्गणमामा संस्थाका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बूको सभापतित्वमा , आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कालाकार लगायतको बाक्लो उपस्थिती रहेको थियो।

च्याब्रुङनाच, धाननाच, पालाम, हाक्पारे गायतका याक्थुङ लिम्बूहरूको मौलिक सांस्कृतिक झाँकी सहित विधिवत रुपमा संचालन भएको कार्यक्रमलाई संस्थाका विशेष सल्लाहकार डम्बर लिबाङ लिम्बुले स्वागत मन्तव्य राखेका थिए।

यस चाडलाई लिम्बु समुदायले चासोक तङनाम, राईले उधौली साकेला, सान्केवा, सुनुवारले फोलष्यादर र याख्खा जातिले चासुवा चाड भनी मनाउने गर्दछन । लिम्बू समुदायले नयाँ अन्न-बाली भित्र्याउनु अघि कुल देवता र प्रकृतिको पूजा गर्दै मनाउँदै आएको चासोक तङ्नाम परम्परागत रूपमा अत्यन्त महत्त्वपूर्ण पर्व मानिन्छ ।
कार्यक्रममा नेपालवाट आउनु भएका लोकप्रिय गायक कुशल थलङ एनआरएनए आइडल कतार–२०२३ का गायन विजेता रुष्तम तामाङ, मेरो डान्स युनिभर्स सिजन–२ का टप २४ सुनिता दोङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।
कार्यक्रमलाई समापन्न गर्दै संस्थाका सभापति लिम्बुले संस्थाको निमन्त्रणा सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरु कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पूर्ण धन्यवाद ज्ञापन गर्दै समापन्न गर्नु भएको थियो। संस्थाका महासचिव बिरेन मादेन लिम्बुले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्