रामएकवाल राम/ शियाराम यादव
दोहा , कतार ।सिराहा सेवा समाज कतारले एक जना क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–८ घर भएका क्यान्सर पीडित रामवृक्ष दासलाई आर्थिक सहयोग रकम रु. २०१०५ हस्तारन्तण गरेको अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए ।
क्यान्सर रोगबाट पीडित रहेका दास केही महिनादेखि आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमै सहयोगको अपिल गरेका थिए ।
जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो , संस्थाका सल्लाहकार तथा समाजसेवी शिवकुमार महतो पत्रकार शियाराम यादव संस्थाका सदस्य अर्जुन यादव, बालेश्वर यादव वडा- ८ का वाडा अध्यक्ष रामभरोस महतो लगायतको रोहबरमा सहयोग रकम हस्तान्तरण गरेको हो। पीडित दासले आफूलाई सहयोग गर्ने समाज र सहयोगीप्रति आभार व्यक्त गरेका छन।
सहयोग रकम हस्तान्तरण गर्दै सभापति महतोले विदेशमा रहेर पनि जन्मभूमिका गरिब, असहाय तथा रोगपीडित नागरिकहरूको सेवामा सिरहा सेवा समाज, कतारले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता मानवीय कार्यहरू निरन्तर जारी रहनुपर्नेमा जोड दिएका थिए।




















