दोहा । नेपाल सरकारले कतारलाई उपहार स्वरूप प्रदान गरिएको खगेन्द्र प्रसाद र रुद्रकली नामक दुई हात्तीलाई हेर्न नेपाली राजदुतावासका कर्मचारीहरुले अलखोर पार्कस्थित चिडियाखाना भ्रमण गरेका छन।
आईतवार नेपाली दूतावास कतारा कार्यवाहक राजदूत कुमार राई, प्रथम सचिव अमर राई सहितका कर्मचारीहरुले चिडियाखाना भ्रमण गरेको हुन।
भ्रमणको क्रममा उनीहरूलाई चिडियाखानाका निर्देशक डा. अल खयरीन मोहम्मदले स्वागत गर्नुभएको थियो। नेपाल सरकारले कतारलाई हालै उपहारस्वरूप प्रदान गरिएका हात्तीहरुलाई अत्याधुनिक र प्रविधिमैत्री बासस्थानमा राखिएको छ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार बुधबार बेलुकी कतार आइपुगेका दुई हात्ती पर्यटकको आकर्षणको केन्द्र बनेका हुन।

















