रामएकवाल राम
दोहा - गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले भव्य रुपमा कतारको राष्ट्रिय दिवस मनाएको छ। मध्यपूर्वको समृद्ध राष्ट्र तथा नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यका रुपमा रहेको कतारले बिहीवार १४७ औ राष्ट्रिय दिवस मनाएको छ।
पदम गिरीको नेतृत्वमा रहेको एनआरएनए एनसीसी कतारले बिहिवार दोहाको मुन्ताजा पार्कमा विभिन्न कार्यक्रम गरी कतारको राष्ट्रिय दिवस अर्थात नेशनल डे मनाएको छ ।
एनआरएनए एनसीसी कतारका पुर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम एनआरएन अभियान्ताहरु सहित विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, सामाजिक अभियान्ता, समाजसेवी, बुद्दिजिबी, कलाकार, पत्रकार, परिषद सदस्यहरुको बाक्लो उपस्थिति रेहेको एनआरएनए एनसीसी कतारका प्ररथम उपााध्यक्ष रोसन अर्यालले जानकारी गराए।

तत्कालिन शेख जसिम विन मोहमम्द विन थानीले १८७८ मा देशलाई गरेको ऐतिहासिक योगदानको सम्झनामा यो दिवस मनाइँदै आएको कतारको संस्कृति मन्त्रालयले जनाएको छ।
राष्ट्रिय परेड कतारको इतिहास, सांस्कृतिक विरासत र पुस्तौँदेखि गर्दै आएको राष्ट्रिय पहिचानको प्रतीक हो । यसले देशको प्रगतिमा योगदान दिने पूर्वजहरूको बलिदानलाई स्मरण गर्दै नागरिकहरूमा गर्व, निष्ठा र ऐक्यबद्धताको भावना थप प्रबल बनाउन यो दिवस मनाउने गरिन्छ।





















