शियाराम यादव, पुस–१

संघीय निर्वाचनको मिति नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित क्षेत्रीय कार्यकर्ता भेलाले उम्मेदवार सिफारिससम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।

 सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद मूल नाराका साथ जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नं.-१ सिरहाको क्षेत्रीय कार्यकर्ता भेला गोपाल सेवा सदन, लहानमा दियुसो  १ बजे देखि सुरु भएको थियो।

जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–१ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया सम्पन्न भएको छ। प्रत्यक्षतर्फ सत्य नारायण यादवलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पार्टीले राजलाल यादव, खडक नारायण चौधरी, जितेन्द्र प्रकाश महतो, भोला प्रसाद चौधरी र ललिता कुमारी यादवको नाम सिफारिस गरेको छ।

सिफारिस गरिएको सूची पार्टीलाई पठाइएको छ र स्थानीय संगठन तथा जनसमर्थनका आधारमा उम्मेदवार छनोट गरिएको बताइएको छ।