रामएकवाल राम

दोहा कतार:   गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले २३ औं स्थापना दिवस मनाएको छ।

नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ सन २००३ डिसेम्बर १२ तारीखमा विशुद्ध सामाजिक भावनाका साथ स्थापना भएको संस्थालाई परिषद कतारले वनभोज तथा विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।

शुक्रबारका ब्वाक्राको समुन्द्री तटमा परिषद कतारका अध्यक्ष पदम गिरिको सभापतित्व तथा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम परिषदसंग स्थापनाकाल देखि जोडिनु भएका एनआरएन अभियान्ताहरु सहित विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, सामाजिक अभियान्ता, समाजसेवी, बुद्दिजिबी, कलाकार, पत्रकार, खेलाडी  तथा परिषद सदस्यहरुको  बाक्लो उपस्थिति रेहेको थियो।

विविध रूपमा संचालन भएको कार्यक्रमलाई परिषद कतारका प्रथम उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा कतारमा कार्यरत स्थानीय  कलाकारहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । नेपाली स्वादिष्ट परिकारहरु सहित सामुहिक बनभोजको कार्यक्रम समेत रहेको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले मनतव्य दिने क्रममा २३ औं स्थापना दिवसको शुभकामना दिंदै, अहिले संस्थामा देखिएको फुटका कारण कुनै पक्षलाई लाभ नरहेको एकतामा नै बल हुने जोड दिएका छन। गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोलले यो संस्थाको परिकल्पनाका कसरि भयो भन्नेबारे, प्रकाश परेका थिए। डा. डंगोलले आफुहरुले परिकल्पना गरेर जन्माएको पवित्र सस्थालाई वर्तमान अवस्थासम्म आईपुग्दा, अहिले देखिएको मत-विभेदका कारणले गर्दा विभाजित हुन पुगेकोमा दु:ख प्रकट गर्दै, भर्खरैमात्र केन्द्रमा भएको सहमति अनुसार सम्बन्धित सम्पूर्णलाई एकतावद्ध भएर जानका लागि आग्रह गरेका छन।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि रेग्मीले पछिल्लो समयमा एनआरएनमा देखिएको विवादका कारण आफुले उल्लेखनीय भूमिका खेल्न नसकेको, सधै एकताको पक्षमा अडान रहेकाले अहिले यो साकार भएको र आगामी दिनमा यसले पूर्णता लिने विश्वास सहित आज एनसीसी कतारले गरेको कार्यक्रमबाट एकताको सन्देश दिएको बताएका छन।

 सभापति गिरीले कार्यक्रमको समापन गर्दै, स्थापनाकाल देखि अहिले सम्म यो सस्थालाई यहाँ सम्म ल्याउनेहुने सम्पूर्णलाई अभार व्यक्त गर्दै राष्ट्रिय समन्वय समितिको विधान तथा अन्तराष्ट्रियको विधान अनुसार बनेको यो आफुले नेतृत्व गरेको संस्थापन पक्ष भएकाले जिम्मेवारी पुर्वक एकताको प्रयासलाई पूर्ण गर्न कुनैपनि अवस्थामा समाजका लागि तयार रहेको बताएका थिए । कार्यक्रममा संघका महासचिव शिब भुजेलले सहजीकरण गरेका थिए ।