रामएकवाल राम
कतार । सिराहा सेवा समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम  सप्पन्न  भएको छ।
शुक्रबार दोहा स्थित हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा समाजको १९ औ वार्षिक उत्सवको  अवसरमा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजित कार्यक्रममा  ११५ जनाको उपस्थिति रहेको थियो। रक्तदानको लागी १०५ जनाले रजिष्ट्रेसन गरेका थिए जस मध्ये ४२ जनाले रक्तदान गर्न सफल भएको समाजका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए।

IMG_20251212_135023

रक्तदान नै जीवन दान हो भन्ने यस मानवीय तथा परोपकारी" कार्यमा सहभागी भइ रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै समाजका अध्यक्ष जयप्रकाश यादवले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरे । 
कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका  प्रमुख, प्रतिनिधिसहित पत्रकार तथा नेपाली दाजुभाई दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म चलेको थियो ।

IMG-20251212-WA0258

IMG-20251212-WA0227

IMG-20251212-WA0244