काठमाडौ । दलितको एमबिबिएस/बिडिएस कोटामा गैरदलितको नाम समाबेश भएको भन्दै दलित समुदायका सरोकारवालाहरुले शिक्षा मन्त्री डा.महाबिर पुनलाई ज्ञापन पत्र बुझाएका छन ।
नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको अगुवाईमा दलित जेनजि एलायन्स , दलित नागरिक समाज लगाएत दलित सरोकार राख्ने प्रतिनिधीहरुले शिक्षा जस्तो सम्बेदनसिल क्षेत्रबाटै दलित समुदायको अधिकार खोसिएको भन्दै सो पत्र दिएको हो । सधै दलित कोटामै गैरदलितहरुले आखा लगाएर आफुहरुको हकलाई गैरकानुनी तवरले हड्फेनु भनेको नेपालको संबिधान मात्रै नमिचेर मानवअधिकारको गम्भिर उल्लंघन भएको चमार कल्याण समाज नेपालका अध्यक्ष दिनेश चमारले बताए ।
दलित समुदायको कोटामा गैरदलितहरुको नामावली प्रकासित गर्नु भन्दा पहिला चिकित्सा शिक्षा आयोगले भेरिफाई नै नगरि यसरी हचुवाको तालमा नामावली प्रकासन गर्नु भनेको शिक्षा मन्त्रालयले दलितको जिवन माथि खेलवाड गरेको दलित जेनजी एलायन्सका संयोजक जिवन तिरुवाले आरोप लगाउनु भयो । उहाले दलित भित्रका चमार , डोम , मुसहर समुदायलाई राज्यले नै बिशेष सुबिधा दिनुपर्नेमा उल्टै दलितको हक कर्मचारीहरुले खोसेर गैरदलितलाई बेचेको समेत बताए ।
भेटमा मन्त्री पुनले दलित समुदायको कोटामा गैरदलितहरुको नाम कसैले चाहेर पनि समाबेस नहुने , यदि समाबेश रहेमा खारेज गरिने प्रतिबद्धता जनाउनु भयो । उहाले समाजको पिंधमा रहेका समुदायको हकका लागि आफु सदैव काम गर्ने बताउनु भयो ।




















