बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा नेपाल एयरलाइन्सका चालक दलका सदस्य तिवारी सुन तस्करीको आरोपमा पक्राउ

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर १७, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा नेपाल एयरलाइन्सका चालक दलका सदस्य तिवारी सुन तस्करीको आरोपमा  पक्राउ
Rampam
3D Education Lahan

दोहा । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा कतारको दोहा विमानस्थलमा पक्राउ गरिएको छ। तिवारीबाट ८ तोला सुन बरामद गरिएको छ।

घटना नोभेम्बर २९ मा भएको हो। नेपाल एयरलाइन्सको उडान नम्बर RA 240, दोहाबाट काठमाडौँ आउने तालिका थियो। दोहा विमानस्थलको भन्सार जाँचमा तिवारीको सामान चेक गर्दा लुकाइ–छिपाइ गरिएको सुन फेला परेको जानकारी प्राप्त भएको छ।

सुन बरामद भएपछि उडान ३५ मिनेटका लागि रोकिएको थियो। नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटना पुष्टि गर्दै भने, ‘‘यस घटनाको कारण उडान ढिलाइ भएको हो र तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।’’

पक्राउ परेसँगै तिवारीलाई ३ महिनाको लागि निलम्बन गरिएको नेपाल एयरलाइन्सका स्रोतले जनाएको छ। उनीमाथि कतारमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले यस विषयमा आफूलाई आधिकारिक जानकारी नआएको बताउँदै भने, ‘‘हामीसँग यो विषयमा आधिकारिक जानकारी छैन। जबसम्म कुनै आधिकारिक विवरण प्राप्त हुँदैन, म केही भन्न सक्दिनँ।’’

सुन तस्करीको घटना कतार र नेपाल बीचको अवैध सुन कारोबारका गतिविधिहरूको संकेत भएको भन्दै यस प्रकारका घटनाहरूमा एयरलाइन्सका कर्मचारीहरूको संलग्नता नेपाल र कतरका अधिकारीहरूले गम्भीरतासाथ लिएको प्रतिक्रिया दिएका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]