कतार फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगललाई
मंसिर १२, २०८२ / बालासुन्दरी खबर
रामएकवाल राम
कतार , दोहा । कतारमा सम्पन्न फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगलले जितन सफल भएको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।
दोहाको अजिजिया स्थित खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा काब्रालले गरेको गोलनै टोलीलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।यसअघि पोर्चुगलले यु-१७ युरोकपको उपाधिपनि जितेको थियो।